धनगढी,३ जेठ । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश समिति अन्तर्गत प्रथम नेकोस सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता धनगढी रंगशालामा हुने भएको छ। कार्यक्रम संयोजक प्रकाश कुमार चन्दका अनुसार प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले ५१ हजार र तेस्रो हुने टिमले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट स्पाइकर, ब्लकर, सर्वर, सटर तथा लिब्रो खेलाडीले पनि जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।