• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अध्ययनमै बित्यो चार वर्ष फस्फोराइटको मात्रा घट्यो

धनगढी,३० बैशाख । कृषि मल उद्योग सञ्चालन गर्न बैतडीमा चार वर्षअघि नै खानी तथा भूगर्भ विभागका विज्ञले फस्फोराइट पत्ता लगाए पनि परिमाणको विषय यकिन नहुँदा बर्सेनि अध्ययन तथा अनुसन्धानमै बजेट र समय खर्च भइरहेको छ ।

तीन वर्षअघि १६ प्रतिशत भनिएकोमा गत वर्ष तीनरचार प्रतिशत मात्रै फस्फोराइट भएको तथ्य उजागर भएपछि खानी सञ्चालनमा अलमल सिर्जना भएको हो । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ र ३, बसौरा र पुर्चौडी नगरपालिका–६, साउनगाउँमा फस्फोराइट खानी रहेको छ । दोगडाकेदारको बसौराबाट पुर्चौडीको साउनगाउँसम्म करिब ४० किलोमिटरभन्दा लामो दुरीसम्मको क्षेत्रमा खानी फैलिएको छ ।

विज्ञ टोलीले यसअघि दोगडाकेदारतर्फको खानीमा तीन वर्षअघि ड्रिल गरेर अध्ययन भएको थियो । वरिष्ठ भूगर्भविद् कुमार खड्कासहित १५ जनाको टोलीले ५५ दिनसम्म ड्रिल ९प्वाल पार्ने काम० गरेर १६ प्रतिशत फस्फोराइट फेला परेको जानकारी दिइएको थियो । गत वर्ष पुनः अध्ययन गर्दा तीनरचार प्रतिशत मात्रै फस्फोराइट भेटिएपछि उत्खननका लागि निजी क्षेत्रका कुनै पनि कम्पनीले चासो देखाएनन् । खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फस्फोराइटको परिमाण घट्दा नजी क्षेत्रका कम्पनीसँग प्रस्तावना आह्वान गरिए पनि कसैले पेस नगरेको बताउनुभयो । उहाँले यस वर्ष खानीको थप अध्ययन हुने बताउनुभयो ।

नेपालमै कृषि मलको सम्भावना अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोलीले फस्फोराइट खानीमा ५० मिटर गहिरो प्वाल पारेर विस्तृत अध्ययन गर्न ५५ लाख रुपियाँ खर्च गरेको थियो । गत वर्ष पनि अध्ययनमा पाँच लाख रुपियाँ खर्च भएको पाइएको छ । चालु आवमा पनि खानीको विस्तृत अध्ययन गर्न आवश्यक बजेट रहेको खानी तथा भूगर्भ विभागका सूचना अधिकारी बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले विभागबाट फस्फोराइट पत्ता लगाउने काम भए पनि परिमाण घटबढ भइरहँदा निजी क्षेत्रका कम्पनी लगानी गर्न उत्साहित नभएको बताउनुभयो ।

बैतडीमा आठभन्दा बढी खानी

बैतडीमा फस्फोराइट खानीबाहेक फलाम खानी, चुनढुङ्गा खानी, शिलाजित खानी, स्लेट खानी र खल बनाउन प्रयोग हुने ढुङ्गाको खानी, सिल्बरलगायत आठभन्दा बढी खानी रहेका छन् । आइएमी समूहले बैतडीका चुनढुङ्गा उत्खनन गरेर सिमेन्ट उद्योग सञ्चालनको तयारी गरिरहेको छ ।

दोगडाकेदार गाउँपालिकामा चुनढुङ्गा र फस्फोराइट खानी, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमा सिसा र मौरा भिरमा शिलाजित खानी रहेका छन् । पुर्चौडी नगरपालिकाको मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा ३५ वर्षअघि स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल अहिले पनि देख्न सकिन्छ । द्वन्द्व कालमा फलाम खानी बन्द भएपछि ती खाल्डामा अहिले स्थानीयले फोहोर र मरेका पशुचौपाया फाल्ने गरेका छन् ।

त्यसै गरी सिगास गाउँपालिका–१ को सुगरखालमा फलाम खानी र नजिकै खरकेउडागाउँमा खरीढुङ्गा र स्लेट खानी रहेको छ । डिलासैनी गाउँपालिकालाई छोएर बग्ने चमेलिया नदी किनारमा युरेनियम र सुनको सम्भावना, शिवनाथ गाउँपालिकामा कुटानी पिसानीमा प्रयोग हुने घट्ट, जाँतो र खल बनाउने ढुङ्गा खानी भए पनि उद्योग सञ्चालन हुन सकेको छैन ।

पाटन नगरपालिका–१, गुत्थडी र गरालेकको खोलामा पहेँलो रङ्गको खनिज पानीमा बग्ने गरेको पाइएको छ । स्थानीयले सो खनिज काठमाडौँ लगेर परीक्षण गर्दा ८५ प्रतिशत सिल्भर रहेको प्रारम्भिक जानकारी आएको वडाध्यक्ष तर्कसिंह ठगुन्नाले बताउनुभयो ।

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.