• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

माहुरीपालनले चिनिएका किसान

धनगढी,६ चैत । आँगनभरि माहुरीका घार छन् । बिहान साँझ तिनकै धुनमा दिन बित्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका९६ वनगाउँका ५० वर्षीय नरेन्द्र खत्रीको दैनिक एक दशकदेखि यसैगरी बितिरहेको छ । माहुरीपालन मात्रै होइन घरमा आउने जोकोहीलाई माहुरी र महका बारेमा पनि उनी जानकारी दिइहाल्छन् । सुरुमा उनले केही व्यवसाय गर्नुपर्छ भन्ने योजनाअनुसार भैंसी पालन थाले । एकरदुई वर्ष त्यसमै अल्झिए । बिस्तारै माहुरी पाल्ने इच्छा जाग्यो । १० वर्षअघि ५ घारबाट सुरु भएको उनको माहुरी पालन अहिले एकरडेढ सय घारसम्म पुगेको छ । यही माहुरीपालन उनको आम्दानीको स्रोत बनेको छ ।

सानोमा खत्री मह खान निकै रुचाउँथे । जंगलमा मह निकाल्न पनि गइरहन्थे । त्यही रुचिले उनलाई माहुरीपालनसम्म डोर्‍याएको हो । ‘अहिले यो व्यवसायबाट निके खुसी छु, शुद्ध मह खान पाइन्छ, बेचेर घर परिवारको खर्च पनि चलेको छ,’ खत्रीले भने, ‘यति मात्रै होइन माहुरीपालन गर्न चाहने कृषकलाई आवश्यक ज्ञान र सीप पनि दिन पाएको छु ।’ खत्रीका अनुसार सुदूरपश्चिममा माहुरीका लागि चरन क्षेत्र राम्रो छ । तोरीदेखि जामुन, चिउरी, लिचीलगायत माहुरीका लागि स्रोत हुन् । माहुरी चराउनकै लागि उनी दार्चुलाको मार्मादेखि कैलाली कञ्चनपुरका फाँटसम्म घार सार्दै हिँड्छन् । एकपटक गाडीमा घार बोकेर चरन क्षेत्रमा पुर्‍याउँछन् । त्यसपछि स्थानीयलाई नै जिम्मा दिएर घर फर्किन्छन् ।

खत्रीले विश्वमा धेरै पालिने मेलिफेरा र एसियामा बढी पालिन सेसेना जातका माहुरीपालन गरेका छन् । मेलिफेरा युरोपतिर बढी पालन गरिन्छ । तर सेरेना एसियामा बढी पालिन्छ । यो जंगली माहुरी पनि हो । यसलाई आधुनिक घारमा राखेर पालन गर्न थालिएको हो । आधुनिक घारमा विभिन्न खालका खाना बनाइएका हुन्छन् । जसमा मह छुट्टै तयार हुन्छ । यसलाई सिधै खान मिल्छ । यो निकै स्वादिष्ट र रोग प्रतिरोधीसमेत हुन्छ । त्यही भएर ग्राहकले बढी रुचाउने गरेको उनी बताउँछन् । यो रुखमा पाकेको फल जस्तै सिधै खान मिल्ने खत्री बताउँछन् ।

‘महका बारेमा पनि धेरैलाई जानकारी छैन, मिठो भए पुग्छ,’ खत्री भन्छन्, ‘यत्ति मात्रै होइन, मह कसरी उत्पादन गरिएको छ, सबै थाहा पाउन सके राम्रो मह पहिचान गर्न सकिन्छ ।’ उनले सयदेखि डेढ सय हाराहारी घारमा माहुरी पालन गरिरहेका छन् । कहिले घटबढ भइरहेको हुन्छ । यसबाट उत्पादन हुने महबाटै उनले वर्षमा १०र१२ लाख आम्दानी गरिरहेका छन् । चराउनका लागि घार यताउता लैजाँदा उनी दैनिक ज्यालादारीमा कामदार खोज्छन् । अन्य समय आफैं जुट्छन् ।

भैंसीसँगै माहुरीपालन थालेका उनले माहुरीमा राम्रो देखेपछि यसमै बढी ध्यान दिएका हुन् । यद्यपि उनले अहिले पनि भैंसीपालन छाडेका छैनन् । सोचेभन्दा राम्रो नतिजा र आम्दानी भएपछि माहुरीपालनमै लागेको खत्री बताउँछन् । पछिल्लो समय विभिन्न किसिमका मेला महोत्सवमा पनि उनी आफ्नो उत्पादनसहित पुग्छन् । मेला महोत्सवमा उनी आफ्नो उत्पादन चखाएर मह र माहुरीबारे जानकारी दिन्छन् । यसले व्यवसायसँगै सीप र ज्ञानसमेत बाँड्न पाइएको उनी बताउँछन् ।कान्तिपुरबाट

शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.