धनगढी, ४ बैशाख/खप्तड यातायात प्रालिले धनगढीको फूलबारी र भन्सार देखी छुट्टा छुट्टै आफ्नो नयाँ सेवा थप गरेको छ । दैनिक ५ बटा बसले सो दुई रुटमा यातायात सेवा दिने भएको छ । धनगढी नगर क्षेत्रमा यात्रुको चाप र फूलबारीका नागरिकलाई धनगढी पुग्न सहज सेवा दिने उदेश्यले सेवा थप गरेको बताईएको छ ।
बैशाख ५ गते देखी दुबै रुटमा बस सेवा शुभारम्भ गर्न लागेको खप्तड यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशीले जानकारी दिए । फूलबारीको पच्चिस घर देखी धनगढी र भन्सार देखी अत्तरिया हुदै गोदाबरी सम्म सेवा दिने बताईएको छ । ७० बर्ष कटेका जेष्ट नागरिक र गर्भवति महिलालाई निशुल्क सेवा दिने सोमत यातायात प्रालिले जानकारी दिएको छ ।