• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्ववियु निर्वाचन : कैलाली बहुमुखी क्याम्पसमा ६ अध्यक्ष भिड्ने

धनगढी २२ चैत/सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सबै भन्दा बढी बिद्यार्थी संख्या भएको कैलाली बहुमुखी क्याम्पसमा ६ जना अध्यक्षका उम्मेबार खडा भएका छन् । चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको चैत २१ गते प्रकाशित भएको अन्तिम नामावली अनुसार ६ जना अध्यक्षका उमेदबार भिड्ने भएका छन् । निर्वाचन कार्यतालिका अनुसार बिहीबार स्ववियु निर्वाचन कार्यसमितिले उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो।

क्याम्पसमा ११ ओटा संगठन तथा समूहबाट विभिन्न पदमा उम्मेदवारी दर्ता भएको छ। अध्यक्ष पदका लागि नेपाल विद्यार्थी संघबाट सन्तोष पन्त, अनेरास्ववियुबाट यमराज जोशी, नेकपा समाजवादी निकट अनेरास्ववियू र अखिल (समाजवादी) को संयुक्त प्यानलबाट सुनिलराज जोशी, अखिल क्रान्तिकारीबाट पवन सुनार, स्वतन्त्र विद्यार्थी एकता समूहबाट अम्बिका चौधरी र स्वतन्त्र उम्मेदवार तेज बहादुर मल्लले उम्मेदवारी दिएका छन्।

सचिव पदका लागि नेपाल विद्यार्थी संघबाट ओम प्रकाश बस्ती, अनेरास्ववियुबाट किरण प्रकाश उपाध्याय, संयुक्त प्यानलबाट खगेन्द्र प्रसाद अवस्थी, अखिल क्रान्तिकारीबाट लोकेन्द्र चौधरी, स्वतन्त्र विद्यार्थी एकता समूहबाट रोहित रावत, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लवदेव धामी, र स्वतन्त्र उम्मेदवार किशोर प्रसाद जोशी र दीपक बोहराले उम्मेदवारी दिएका छन्।

कोषाध्यक्ष पदमा नेविसंघबाट प्रमिला शाह, अनेरास्ववियुबाट प्रकाश भट्ट, संयुक्त प्यानलबाट अंगिता चौधरी, अखिल क्रान्तिकारीबाट धर्मराज तिमिल्सिना, र स्वतन्त्र विद्यार्थी एकता समूहबाट खेमराज भट्टराईले उम्मेदवारी दिएका छन्।

प्रत्यक्षतर्फ सदस्य पदका लागि पनि विभिन्न संगठनबाट उम्मेदवारी दर्ता भएका छन्। मुख्य पदमा विगतका उम्मेदवारहरू पुनः दोहोरिएका कारण निर्वाचन रोचक हुने विद्यार्थीहरूको अनुमान छ। निर्वाचनको मिति नजिकिँदै जाँदा विद्यार्थी र नेताहरूबिच चहलपहल बढेको छ। सफल चुनावको लागि स्ववियु निर्वाचन समितिले सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ।

शुक्रबार, चैत २२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.