धनगढी १७ चैत/धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा दृष्टि फाउण्डेसनले सञ्चालन गरेको महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । आइतबार फाउण्डेसनकै भवनमा माघ २ गतेदेखि ९ सम्म सञ्चालन भएको महायज्ञको आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
अक्षयकोष स्थापनार्थ भएको श्रीमदभागत महापुराण सप्ताह ज्ञान महायज्ञबाट झण्डै ८० लाख रकम दान प्राप्त भएको भएको आयोजकले जनाएको छ । जसमध्ये ७३ लाख ७५ हजार आठ सय १० रकम संकलन भइसकेको र सातदेखि ८ लाख रकम संकलन हुन बाँकी रहेको जनाइएको मुल आयोजक समितिका कोषाध्यक्ष अनिल भोजानीयाले जानकारी दिए ।
महायज्ञ संचालन अवधिभरमा १३ लाख १५ हजार एक सय ५२ रकम खर्च भएको जनाइएको छ । संकलित रकममध्ये ४४ लाख २८ हजार छ सय ५८ नविल बैंकमा र १६ हजार ३२ लाख ब्रदर्श सहकारीमा जम्मा गरिएको संयोजक पदमराज जोशीले बताए । दृष्टि फाउण्डेसनमा १५ जना बालबालिकासहित ६५ जना बेसहारा तथा मानसिक रोगीहरुलाई आश्रय दिइरहेको सञ्चालीका कल्पना भट्टले बताइन ।
मासिक चामल र दाल दिने घोषणा
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्दै आएका गौरिलाल ओझाले दृष्टि फाउण्डेसनलाई मासिक चामल र दाल उपलब्ध गराउने घोषणा गरेका छन ।
आइतबार फाउण्डेसनको आयव्याय सार्वजनिक कार्यक्रममा फाउण्डेसनले गरेको कार्य र चुनौति हेरेपछि ओझाले मासिक व्यक्तिगत रुपमा चामल र दाल उपलब्ध गराउने घोषणा गरेका हुन ।
नले मासिक एक क्विण्टल चामल र दश किलो दाल दिने बताए । उनले भने –‘दृष्टि फाउण्डेसनको उद्देश्य उत्कृष्ट छ । यसलाई सहयोग गर्न म पनि तयार छु । थोरै भएपनि अबदेखि मासिक रुपमा खाद्यान्न दिनेछु ।’