धनगढी २७ फागुन/ कैलालीको धनगढी १८ फूलबारीमा एमाले काँग्रेसको गठबन्धन टुटेको छ । आसन्न स्वातन्त्र बिद्यार्थी युनियनको निवाचनमा फूलबारी बहुमुखी क्याम्पसमा विद्यार्थीको निर्वाचनका लागि काँग्रेस, माओवादी, समाजबादी, विप्लव माओवादीका बिद्यार्थीको गठबन्धन भएको छ । फूलबारी बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) निर्वाचनका लागि तीन प्रमुख विद्यार्थी संगठनबीच उम्मेदवारी सहमतिमा समझदारी भएको छ। नेविसंघ, समाजवादी विद्यार्थी युनियन र अखिल (क्रान्तिकारी) बीच आपसी समन्वयका आधारमा उम्मेदवारी टुंग्याइएको हो।
सहमति अनुसार नेविसंघले अध्यक्ष, सहसचिव र दुई जना सदस्य पदमा उम्मेदवारी दिनेछ। समाजवादी विद्यार्थी युनियनले सचिवसहित दुई जना सदस्य पाउनेछ भने अखिल (क्रान्तिकारी) ले कोषाध्यक्ष, उपाध्यक्ष र दुई जना सदस्यको जिम्मेवारी लिने सहमति भएको छ। तीनवटै संगठनका प्रतिनिधिहरूले हस्ताक्षर गर्दै सहमति जनाएका छन्। उम्मेदवारी टुंगिएपछि क्याम्पसको विद्यार्थी राजनीतिमा नयाँ समीकरण देखिएको छ।
नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५का सचिव महेश गोलेले लामो छलफलपछि सहमति गरिएको बताए । “विद्यार्थीहरूको हितलाई ध्यानमा राख्दै संगठनहरूबीच समझदारी गरिएको हो। अब हामी समावेशी नेतृत्व बनाएर क्याम्पसका समस्याहरू समाधान गर्नेछौं,“ उनले भने।