• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनि बढ्दै

धनगढी २० फागुन/पछिल्लो समयमा देशभरबाट वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनि बढ्दै जान थालेको छ ।श्रम मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय गोष्ठिमा सार्वजनिक गरेको एक तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा नयाँ र पुनः गरी ७ लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएका मध्ये महिलाको संख्या ८० हजार १७२ रहेको छ भने बाँकी सबै पुरुष रहेका छन् । नेपाल सरकारले संस्थागत रुपमा १११ र व्यक्तिगत रुपमा गरी १७८ देशका लागि श्रम आप्रवासन खुला गरेको छ ।  श्रम मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारीका लागि तेस्रो देश पलायन हुने क्रम बढ्दै गएकोले संभावित क्षेत्र पहिचान गरी गत वर्ष सात वटै प्रदेशमा रोजगार श्रम सम्मेलनको आयोजना गरिएको बताए । उनले यस वर्षपनि सरकार र नीजि क्षेत्रको समन्वयमा आन्तरिक रोजगारी सृजनाका क्षेत्र पहिचान गर्न चैत १६ गते काठमाण्डौंमा रोजगार सम्मेलन गरिने तयारी भइरहेको बताए । राष्ट्रिय श्रम तथा बेरोजगार सम्मेलन पोलिसी निर्माण, श्रम सम्बन्धी बुझाईमा एकरुपता ल्याउन सम्मेलन आयोजना गरिन लागेको जानकारी दिए ।

कर्यक्रममा सोसलसाइन्ज वहाका अर्जुन खरेलले २०२३ र ०२४ मा गरेको अध्ययनको प्रस्तुतीकरण गर्दै नयाँ र पुनः गरी दुई वर्षमा १५ लाखले श्रमस्वीकृति लिएको बताए । उनले पछिल्लो समयमा श्रमस्वीकृति लिनेमा महिलाहरु ब्ढ्दै गएको बताए । उनले देशका अन्य प्रदेशको तुलनामा बैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेमा सुदूरपश्चिम प्रदेश पुछारमा रहेको बताए । उनले दुई वर्षको समयमा सुदूरपश्चिमबाट महिला र पुरुष गरी २३ हजार श्रमस्वीकृति लिएर बैदेशिक रोजगारीमा गएको बताए । उनले सुदूरपश्चिमबाट जिल्लागत रुपमा कञ्चनपुर, कैलाली, बैतडी र अछामबाट बढी रोजगारीका लागि श्रमस्वीकृति लिनेमा परेको बताए । उनले सुदूरपश्चिमबाट बैदेशिक रोजगारीमा गएका दुई आर्थिक वर्षमा ५५ जनाले ज्यान गुमाएको बताए । गएको दुई वर्षमा १६ लाख ७४ हजार ७०६ जना सामाजिक सुरक्षा कोषमा आवद्ध रहेको बताए ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गएको दुई वर्ष १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक रहेको छ । नेपालमा ३५.६ प्रतिशतको घरमा पैसा पुगेकोमा सुदूरपश्चिममा ४१.१ प्रतिशत घरले पैसा पाएको जनाइएको छ । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत पुष्पा झा, विभिन्न श्रमिक संगठनसँग आवद्ध व्यक्ति लगायतको सहभागिता रहेको श्रम तथा रोजगार कार्यालय धनगढीका प्रमुख जनक उखेडाले जानकारी दिए ।

मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.