धनगढी, २५ माघ/कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोठानमा आमा र छोरी मृत अवस्थामा भेटिएका छन्। २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराका अनुसार, बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा आमा–छोरी मृत फेला परेका थिए।
मिराका श्रीमान् भारतमा रोजगारीका क्रममा रहेका छन भने घटना भएको समयमा सासु पनि घरमा नभएको प्रहरी अनुसन्धानले देखाएको छ। शवहरू परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।