यमुना साँउद
धनगढी २३ पुस/धनगढीमा बालबालिकाका लागि अर्गानिक पौष्टिक अहार उत्पादन बिक्री वितरण सुरु भएको छ । धनगढी ५ तारानगरकी चाँदनी कार्कीको महिला उद्यमीको समुह मिलेर उनीहरुले अर्गानिक पौष्टिक अहार उत्पादन गरी बिक्री वितरण गर्न थालनी गरेको छन् । महिला उद्यमी कार्कीले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै घरमै उत्पादन गरेका अर्गानिक खाद्यवस्तुहरू बिक्री गरिरहेकी छिन् ।
जौको सातो, लिटो, लड्डु जस्ता अर्गानिक वस्तु उत्पादन गरी रहेका छन् । उनले धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएकी शनिबारिय महिला उद्यमी मेलामा बिक्री वितरण गर्ने गतिलो माध्यम बनाएकी छन् । उनले मेलामा आउने ग्राहकहरूलाई बिक्री वितरण गर्दै आइरहेकी छिन् । यी उत्पादनहरू पूर्णतः अर्गानिक छन् । सामग्री पहाडबाट मगाइन्छ र सबै प्रक्रिया घरमै पूरा गरे उत्पादन गर्ने गरेको उनले बताइन् । उनले भनिन्, “पहिले यी वस्तुहरू छोरालाई मात्रै खुवाउँथे, अहिले सबै बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिक्री गर्दै आएकी छु।”
धनगढीको शनिबारे मेलाले महिला उद्यमशीलतालाई प्रोत्साहन दिनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन गरेको छ । चाँदनीजस्ता महिलाहरूको मेहनतले अर्गानिक उत्पादनको महत्त्व बुझाउन र स्वास्थ्यप्रति सचेतना फैलाउन भूमिका खेलेको नरेन्द्र शाहीको भनाई छ । आफू सधैँ यही अर्गानिक पौष्टिक अहार प्रयोग गर्ने गरेको शाही बताउँछन् ।
धनगढीकै बिनिता श्रेष्ठ पनि दैनिक आफ्ना बालबालिका यही उत्पादन खुवाउने गरेको बताउँछिन् । यसले बच्चाले पनि रुचाएको उनको भनाई छ । महिला उद्यमी उत्पादन लक्षित शनिबारे मेलामा ३७ नम्बर स्टलमा व्यवसाय गर्दै आएकी छन् । अन्य दिनमा घरबाटै पनि कारोबार गर्ने कार्कीको भनाई छ । मेलामा महिलाहरूले आफ्नै घरमा उत्पादन गरेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरू बिक्री वितरण गर्दै आएका छन् ।
मेलामा नेवारी खाजा देखि थारुका परिकार ढिकरी, गंगटाको मासु, लोकल कुकुराका परिकार, घोंगी, पहाडि समुदायका सेलरोटी, कोदोको माडा, कोदोको सेल, फाउने माडा, बटका, निस्सोसे, मासका पुरी लगायतका थुप्रै परिकारले मेलाको आकर्षण थपेको छ। मेलामा कोही सेलरोटी पकाएर बिक्री वितरण गर्छन् भने कोही दुना ,टपरी ,झोला लगायतका सामग्री बनाएर बिक्री वितरण गर्ने गरेका छन्।