• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सहकारी सकंटमा पनि धनगढीको नवजिवन उत्कृष्ट, सेयर पुजिं भन्दा दोब्बर जगेडा कोष (भिडियो सहित)

धनगढी ७ धनगढी,  बिभिन्न समस्याका कारण सहकारी क्षेत्र बदनाम भइरहेका बेला धनगढी स्थित नवजिवन सहकारी दिन प्रतिदिन प्रगती तर्फ उन्मुख भएको छ । शुक्रबार नेपाल पत्रकार महासघं कैलालीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै सहकारी सञ्चालक समितिका अध्यक्ष देव बहादुर बमले नवजिवन सहकारी पछिल्लो समय थप प्रगती गर्न सफल भएको बताएका हुन् । बैङ्किङ क्षेत्रका हिसाबले मुलुककै पहिलो अनुमती प्राप्त सहकारी संस्था पछिल्लो सहकारी समस्याबाट कुनै प्रभावित भएको छैन ।

हाम्रा अग्रज महेश्वर पाठक, दिपक देवकोटा, नन्दलाल जोशी, खेमराज पाण्डे लगायतले शुरु गरेको नवजिवन अहिले देशकै उत्कृस्ट सहकारी मध्ये एक बनेको छ अध्यक्ष बमले भने “हामीले अहिले ३६ हजार सेयर सदस्य बनाउन सफल भएका छौँ, १० लाख ८० हजारबाट शुरु गरिएको सेयर पुजिं हाल ३० करोड ८० लाख पुगेको छ, सबै सेयर सदस्यले पैँसा फिर्ता मागेपनि नवजिवनलाई खतरा छैन, हामीसगं आजसम्म ६२ करोड रुपयाँ जगेडा कोषमा जमा छ, एदी ३६ हजार सदस्यले सेयर पुजिं फिर्ता माग्न आएपनि अँझै हामीसगं आधा रकम बच्छ त्यस कारण हामी आर्थिक हिसाबमा मजबुत छौँ ।”

सबै सहकारी डुवेको अवस्था छ, तर हाम्रो सहकारीको बिधानमै उल्लेख गरिएको छ, नवजिवन सहकारीको सञ्चालक समितिमा बस्दा कुनैपनि श्रृण लिन नपाइने भनेर त्यस कारणपनि हाम्रो सहकारी समस्यामा पर्दैन अध्यक्ष बमले भने “अहिले महिला सेयर सदस्यहरुलाइपनि जोडेका छौँ, जन्मदेखी मृत्युसम्म कार्यक्रम र लघुबित्तबाट महिला जोड्यौँ र ३५ देखी ४० प्रतिशतसम्म महिला सहभागीता पुगेको छ ।” नवजिवन सहकारी बिगतमा १० औँ नम्बरमा थियो, धेरै मेहेनतपछि ५ औँ स्थानमा पुगेको र अब सहकारी बिभाग, संसदिय सुनुवाइबाट तेश्रो नम्बरमा परेको तर घोषणा हुन बाँकी रहेको अध्यक्ष बमले बताए ।

हामीभन्दा अगाडी देखिएका दुई सहकारीलाइपनि कसरी उछिन्ने भनेर हामी एकदम लागेका छौँ उनले भने “त्यसै कारण हामीले उत्पादन सगं जोडिनका लागी गोदावरीको मजगाउँमा राइस मिल सञ्चालन गरेका छौँ, यसको धन्यवादको पात्र पुर्व अध्यक्ष चक्र बहादुर सिहं र सल्लाहकार खेमराज पाण्डे हुनुहुन्छ, त्यो मिलमा १६ हजार कुइन्टल धान राखेका छौँ, अब चामल उत्पादन शुरु भएको छ, सुदुरपश्चिममा अपनत्व हुने गरी बर्तमान कार्य समिति समुदाय सितपनि जोडिदै गएको छ ।” नवजिवन सहकारीलाई संस्थागत बिकासका लगी उत्कृष्ठ साखा सम्मान तथा कर्मचारी सम्मानलाई पनि अगाडी बढाइएको उनले बताए । यसका साथै बिभिन्न सामाजिक कार्यमा नवजिवन सहकारीले सहकार्य गर्दै आएको उनले बताए । धनगढीको हरित धनगढी अभियान सगं सहकार्य सगैं बेहडाबाबा मन्दिरमा सौचालय, गोदावरी मन्दिर निर्माण, घोडाघोडीमा धर्मसाला लगायतका काममा सहकार्य गरेको उनले बताए ।

बिगतका तुलनामा लाभान्सपनि बढाउँदै गएको उनले बताए । यो बर्ष २० करोड ६४ लाख लाभान्स वितरण गरिने उनको भनाई छ । नवजिवन सहकारी संस्थाले नेपाल पत्रकार महासघं कैलालीका नवनिर्वाचित अध्यक्ष देउवा सहित पदाधिकारी र सदस्यहरुलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरेको थियो । मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए । खुला सदस्यमा बालकृष्ण ओझा कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

(भिडियो)

आइतबार, पुष ०७, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.