धनगढी, २५ कार्तिक/नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले रास्वपाले रवि छुटाउन गरेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् । अदालती प्रकृयामा भएको बिषयमा स्वतन्त्र न्यापालिकाले कानुन बमोजिमा आफ्नौ काम गर्न दिनुपर्छ उनले भने–‘अन्य पार्टीले नेता पनि पक्राउ परेका बेला कोही कसैले आन्दोलन गरेन् ।’
आईतबार कैलालीको धनगढी बिमानिस्थलमा कुरा गर्दै देउवाले सहकारी अपचलनका दोशीलाई कानुन बमोजिम कार्वाही हुने बताएका छन् । सहकारी अपचानमा दोशी देखिएका जुनशुकै लाई अदालती प्रक्रिया अनुसार कार्वाही हुने बताएका हुन् ।
हालैको सहकारी प्रकरणमा रबि लामिछानेलाई पक्राउ गरिएको घटनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा देउवाले यसको जवाफ दिँदै, “ अन्य सरकारका पनि नेता, कार्यकर्ताहरू समातिएका छन् तर हामीले कहिल्यै होहल्ला गरेनौं,” उनले भने । देउवाले सहकारी प्रकरण अदालतको प्रक्रिया अनुसार अगाडि बढिरहेको बताए । उनले यसलाई पूर्वाग्रहका रूपमा हेर्न नहुने धारणा राखे ।
अर्को प्रशंगमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाइएको गठबन्धन दीर्घकालीन रूपमा टिक्ने विश्वास व्यक्त गरेका छन् । उनले यस गठबन्धनले आफ्नो कार्यकाल पूरा गर्ने दाबी समेत गरेका छन् । त्यसैगरी, हालको गठबन्धन सरकार लामो समय टिक्दैन भन्ने हल्ला मात्र भएको उनले बताएका छन् । देउवाले गठबन्धन दीर्घकालीन रूपमा टिक्ने विश्वास रहेको बताए । यस्तो हल्ला गरेर जनता बीच भ्रम सिर्जना नगर्न आग्रह समेत उनले गरे ।