• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अब घरायसी काम, व्यबहारबाट पनि विद्यार्थीलाई अंक

काठमाडौँ १४ कार्तिक/छोराछोरीलाई घरको काम सिकाउनुभएको छैन भने अब सिकाउन थाल्नुस्। किनभने सरकारले अब बालबालिकाले घरमा गर्ने कामको पनि शैक्षिक मूल्यांकन गर्ने नीति अघि सारेको छ।

घर नै बालबालिकाको पहिलो पाठशाला भन्ने मान्यताका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि बालबालिकाले घरमा गर्ने जुनसुकै कामलाई शिक्षासँग जोडेर मूल्यांकन गर्ने निर्देशिका ल्याउने तयारी गरेको छ।

बालबालिकाले घरमा आफ्नो लुगा आफैं धोएको, आमालाई भान्सामा सघाएको, बाथरुम र कोठा सफा गरेको, फूलबारीमा काम गरेको, भाँडा सफा गरेको, ओछ्यान मिलाएको, लुगा मिलाएर राखेको जस्ता सक्ने काम गरेबापतको मूल्यांकन गरी अंक पाउने व्यवस्था निर्देशिकामा गर्न लागिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए। बालबालिकाले घरमा अभिभावकसँगै काम गर्दा सिकाइस्तरमा वृद्धि भई चौतर्फी विकासमा सकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनले देखाएका छन्।

महानिर्देशक श्रेष्ठले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी कक्षा ६ देखि १० सम्मको आन्तरिक मूल्यांकन निर्देशिका परिमार्जन गरी बालबालिकाको घरमा गर्ने कामबापतको अंक जोड्ने व्यवस्था गर्न लागिएको जानकारी दिए। ‘शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेका बालबालिकाको सिकाइ उपलब्धिसम्बन्धी विभिन्न अध्ययनले घरमा काम गर्ने बालबालिकाको सिकाइस्तर राम्रो भएको देखाएका छन्’, महानिर्देशक श्रेष्ठले भने, ‘विभिन्न अध्ययनबाट प्राप्त सुझावकै आधारमा अब पाठ्यक्रम विकास केन्द्रले बालबालिकाले घरमा गर्ने कामलाई शिक्षासँग जोड्न लागेको हो। यसले घरमा गर्ने श्रमको समेत सम्मान हुन्छ।’ उनले अगाडि थपे, ‘२५ नम्बरको आन्तरिक मूल्यांकनमध्ये घरमा गरेको कामका लागि केही अंक (१० नम्बरमाथि) छुट्याइनेछ।’ यसका लागि बालबालिकाले घरमा गरेको काममको विवरणसहित अभिभावकको हस्ताक्षर गराएर विद्यालयमा बुझाउनुपर्नेछ। त्यसपछि कक्षा शिक्षकले अभिभावकसँग सोधखोज तथा क्रसचेक गरी अंक दिने व्यवस्था मिलाइने उनले बताए।

यति मात्र होइन, विद्यार्थीलाई अप्ठेरो लाग्ने र एसइईमा धेरै फेल हुने गणित र विज्ञान विषयलाई समेत सहज बनाउने नीति मन्त्रालयले लिएको छ। कक्षा ९ र १० का विद्यार्थीका लागि गणित र विज्ञानमा अब खुला प्रश्न सोधिने छ। यसमा विद्यार्थीले विश्लेषणनत्मक कोणबाट तार्किक उत्तर लेख्न सक्नेछन्। अहिले एकैखाले उत्तर लेख्नुपर्ने व्यवस्थाले विद्यार्थीको सिर्जनात्मक क्षमतामा कमी आएको महसुस केन्द्रले गरेको छ।

‘कक्षा ४ देखि १२ सम्मै सामाजिक विषयमा विषयवस्तु निकै भएको गुनासा आएका छन्। अधिक विषयवस्तुले बालबालिकाको सिकाइस्तरमा नकारात्मक असर पारेको छ। यसलाई सम्बोधन गर्न पाठ्यक्रम विकास केन्द्रले सामाजिक विषयको विषयवस्तु घटाउने तयारी गरेको छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘ कति र कुनरकुन विषयवस्तु हटाउने र राख्नेबारे हरेक जिल्लाबाट दुईदुई जना शिक्षकसँग छलफल गरिएको छ। छलफलबाट विषयवस्तु अधिक हुँदा विद्यार्थीलाई मानसिक तनाव भएको निष्कर्ष आएको छ।’ उनले अगाडि भने, ‘यसकारण केन्द्रले पाठ्यक्रम परिमार्जन गरेर अधिक विषयवस्तु हटाउने गृहकार्य सुरु गरेको छ।’ परिमार्जित पाठ्यक्रम बालबालिका केन्द्रित हुने उनले बताए।
रूबी रौनियारले नागरिकमा लेखेको समाचार साभार

बुधबार, कार्तिक १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.