जनक बोहरा
बाजुरा १० कार्तिक/बाजुराको हिमाली गाउँपालिकाको बिचमा रहेका बस्तीमा सडक बनाउन हुम्लाको ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको बिच सहमति भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल बताएका छन् । ताजा कोट गाउँपालिकाको कार्यालयमा दुवै पालिकाका प्रमुख सहित बसेको बैठकले सहमतिको निर्णय गरेको छ ।
हिमाली गाउँपालिका र हुम्ला जिल्लाको ताजा कोट गाउँपालिकाको संयुक्त बैठकबाट हिमाली गाउँपालिकाको बिच्छ्या बौडी र ताजा कोट गाउँपालिकाको मास्पुर गाउँमा सडक सञ्जाल जोड्नको लागी संयुक्त रूपमा बजेट व्यवस्थापन गर्दै निर्माण गर्ने निर्णय गरिएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् ।
हिमाली गाउँपालिका र ताजा कोट गाउँपालिकाका दुर्गम रहेका बिच्छ्या बौडी तथा ताजा कोट गाउँपालिकाको मास्पुर सम्म सडक बिस्तार गर्न दुवै पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी गाउँलाई सडक सञ्जालसँग जोड्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । बाजुराको बिच्छ्या बौडी तथा ताजा कोट गाउँपालिकाको मास्पुर सम्म सडक बिस्तार हुन नसकेको अबस्थामा अव दुवै पालिकाले आवश्यक बजेट व्यवस्थापन गरी कार्यान्वयनलाई तब्रिता दिने निर्णय भएको उनले बताएका छन् ।