• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला

महेन्द्रनगर ६ कार्तिक/कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि खुला गरेको हो । सिजन सुरु भएको केही समय ढिलो गरी यसबर्ष निकुञ्ज पर्यटकका लागि खुला गरिएको हो ।

दसैंका बेला देशविदेशबाट घर फर्किएकाहरु घुमफिरमा रमाउने गर्छन् । यही बेला शुक्लाफाँटामा पनि पर्यटकको संख्या बढ्ने गरेको छ । समयमै निकुञ्ज खुला नहुँदा पर्यटक फर्किनुपर्ने बाध्यता पनि आएको थियो ।‘बिहीबारदेखि निकुञ्ज पर्यटकका लागि खुला भएको छ,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘बाढीले सडक र काठे पुलहरु बगाएका कारण ढिलो गरी खुला भएको हो ।’ असार अन्तिम साताको भीषण वर्षासँगै आएको बाढीले निकुञ्जका डेढ दर्जन काठेपुल बगाएको ऐरले बताए ।

ऐरका अनुसार अहिले पनि एकतर्फी बाटो मात्रै सञ्चालनमा आएको छ । निकुञ्जको प्रवेशद्वार मझगाउँदेखि बर्कौला हुँदै शुक्लाफाँटा घाँसे मैदान पुग्ने बाटो अझै मर्मत हुन सकेको छैन । मझगाउँदेखि रानीताल हुँदै सिंहपुर भएर शुक्लाफाँटा घाँसे मैदान पुग्ने बाटो भने जेनतेन सुचारु गरिएको हो । अघिल्ला वर्ष बर्खा सकिने बित्तिकै असोज पहिलो सातातिर बाटै निकुञ्ज पर्यटकका लागि खुला गरिँदै आएको थियो ।

३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्ज बाह्रसिंगाका लागि चिनिन्छ । निकुञ्जका विशाल शुक्लाफाँटा घाँसे मैदानमा २३ सय बढी बाह्रसिंगा रहेका छन् । निकुञ्जले गरेको पछिल्लो गणना अनुसार यहाँ बाघको संख्या ४४ पुगेको छ । सन् २०२२ मा भएको पछिल्लो राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ पुगेको थियो ।

यतिबेला निकुञ्जको ५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको विशला घाँसे मैदानमा घाँस चर्दै गरेका बाह्रसिंगाको झुण्डले जो कोहीलाई पनि लोभ्याउने गर्छ । पर्यटकका लागि बनाइएका तीन तले मचानबाट यो दृश्य झनै लोभ लाग्दो देखिन्छ । यसका साथै बाघ र गैंडलगायतका वन्यजन्तु समेत देख्न सकिन्छ ।दसैंदेखि तिहारको बीचमा निकुञ्जमा आन्तरिक पर्यटकको संख्या बढ्ने गरेको छ । यतिबेला कैलाली र कञ्चनपुर लगायतका क्षेत्रबाट स्थानीय निकुञ्ज घुम्न आउने गरेका छन् । गत आर्थिक वर्षमा निकुञ्जमा ३ हजार ६७ पर्यटक प्रवेश गरेका थिए । जसमा विदेशीको संख्या २५० मात्रै छ ।

अघिल्लो आर्थिक वर्षमा निकुञ्ज प्रवेश गर्ने पर्यटक २७ सय २९ छन् । प्रचार प्रसारको अभावका कारण निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या निकै कम छ । अझै विदेशी पर्यटकको संख्या झनै कम छ । सामान्यतया वर्षायाम सुरु भएसँगै निकुञ्ज पर्यटकका लागि बन्द हुने गरेको छ । यस वर्ष असार १७ देखि बन्द गरिएको थियो ।

मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.