काठमाडौं ४ कार्तिक/नेकपा (एमाले)ले नेता भीम रावल सहित बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्ध बोलेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
“खासगरी पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माणका सन्दर्भमा बारेमा चलिरहेका छलफल, बहसहरूमा पार्टी निर्णयको विरुद्धमा जाने पार्टीका नेताहरूलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ,” बैठकपछि महासचिव पोखरेलले भने ।
बैठकले पार्टी पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।