बाजुरा २२ असोज/जिल्ला प्रशासन कार्यालय बाजुराले मर्यादित तरीकाले नेपालीहरूको महान् चाड विजया दशमी,तथा शुभदिपावली मनाउन जिल्लावासीहरूमा अनुरोध गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै शान्तिपूर्ण अमनचैन तथा सुरक्षामा खलल पुर्याउने कार्य नगरी मर्यादित तरीकाले चाडपर्व मनाउन सबै जिल्लावासीलाई अनुरोध गर्नु भएको छ ।
दसैँ तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने चोरी,लुटपाट,जुवा तास,र अत्यधिक मदिरा सेवन गरी कुनै पनि गैर कानुनी क्रियाकलाप गर्ने,र सामाजिक सद्भावमा खलल पुर्याउने कार्य नगर्न भनेको छ । साथै कसैले यस्ता खालका नराम्रा कार्यहरू गरेको थाहा पाइएमा कानुनी रूपमा कडा भन्दा कडा कार्वाही गरिने सूचनामा भनिएको छ । सम्पूर्ण जिल्लावासीहरूले मर्यादित तरीकाले चाडपर्व मनाउन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याय द्वारा हस्ताक्षरित सूचनामा जानकारी गरिएको छ ।