धनगढी,३ असोज / संविधान दिवसको अवसरमा बैतडी कञ्चनपुर विद्यार्थी समाज महेन्द्रनगर कञ्चनपुरले हाजिर जवाफ प्रतियोगिता गरेको छ। ” हामी सबैको प्रण , सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण” भन्ने मूल नाराका साथ भिमदत्त नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी २० विद्यालयको सहभागिता रहेको बैतडी कञ्चनपुर विद्यार्थी समाजका सचिव अशोक कुँवरले बताए।
विद्यार्थी समाजले आयोजना गरेको उक्त कार्यक्रमको समापन समारोहमा भिमदत्त नगरपालिकाकी उप-प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यार्थी समाजका अध्यक्ष प्रकाश सिंह ऐरको सभापतित्व रहेको थियो। हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएका २० टिम मध्ये उत्कृष्ट ४ समुहका नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको विद्यार्थी समाजका कोषाध्यक्ष गौरव चन्दले बताए ।
हाजिर जवाफ प्रतियोगितामा प्रथम भएको भूवनेश्वरी माध्यमिक विद्यालयले नगद ५ हजार १ सय , द्वितीय भएको महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) ले नगद ४ हजार १ सय , तृतीय भएको बैजनाथ माध्यमिक विद्यालयले ३ हजार १ सय र सान्त्वना हुने एभरेष्ट इभरग्रीनले २ हजार १ सय प्राप्त गरेको विद्यार्थी समाजका सह-सचिव सहदेव भट्ट जानकारी दिएका छन् ।