• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कृषि र पशु ल्याबसहितका एकीकृत भवन तयार

धनगढी,३ असोज । सुदूरपश्चिम प्रदेशका १० वटा स्थानीय तहमा कृषि र पशु ल्याबसहितका एकीकृत भवन तयार भएका छन् । यस वर्ष निर्माण भएका १० वटा एकीकृत भवन स्थानीय तहका कृषि तथा पशु सेवा केन्द्रलाई हस्तान्तरणको तयारी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लाका १० वटा स्थानीय तहमा एकीकृत कृषि तथा पशु सेवा कार्यालय भवन निर्माण गरिएको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना कोरिडोर कार्यालय डडेलधुराका प्रमुख डा। उत्तम आचार्यले जानकारी दिए ।

उहाँका अनुसार डडेलधुराका चार, कैलाली, दार्चुलाका दुईरदुई र बैतडी, डोटीका एक÷एक पालिकामा भवन निर्माण गरिएका छन् । डडेलधुराको आलीताल, गन्यापधुरा, अजयमेरु र नवदुर्गा गाउँपालिका, बैतडीको पाटन नगरपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका, डोटीको जोरायल गाउँपालिकामा भवन निर्माण भएको कार्यालय प्रमुख आचार्यले बताए ।

सोमबार जिल्ला सदरमुकाममा आयोजित ‘कार्यक्रम सार्वजनिकीकरण’ मा कार्यालय प्रमुख आचार्यले पालिकामा निर्माण भएका भवन असोज मसान्तसम्म सम्बन्धित पालिकालाई हस्तान्तरण गरिने बताए । “भवन निर्माणको काम लगभग सबै सकिनै लागेको छ । ती सबै भवनलाई हामी दसैँतिहारको बिचमा हस्तान्तरण गछौंँ,” उनले भने, “ती भवनमा कृषि तथा पशु ल्याबसहितको व्यवस्था रहने छ ।”

पालिकामा कृषि र पशु शाखाको काम गर्न एक कोठा मात्रै उपलब्ध गराइएको छ । एउटै कोठाबाट काम गर्न कठिनाइ हुने गरेको छ । पालिकाका कृषि र पशु शाखाबाट कार्यालयका काम मात्रै हुने गरेका छन् । किसानका काम भने हुने गरेका छैनन् । यस कारण कृषि र पशु सेवालाई प्रभावकारी बनाउन ल्याबसहित सञ्चालन गर्न एकीकृत भवन निर्माण गरिएको उहाँले बताए ।

नेपालमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना कार्यान्वयन गर्न २०७७ पुस ६ गते विश्व बैङ्क र नेपाल सरकारबिच सम्झौता भएको थियो । सोही अनुसार सुदूरपश्चिमका पाँच जिल्लाका १७ वटा स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना लागु छ ।

महाकाली राजमार्ग कोरिडोर अन्तर्गतका जिल्ला कैलाली, डोटी, डडेलधुरा, बैतडी र दार्चुलाका गरी १७ वटा स्थानीय तहमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पाँच वर्ष अवधिका लागि सो आयोजना लागु भएको हो ।

आर्थिक वर्ष २०८१र८२ का लागि ३५ करोड ८४ लाख ४८ हजार रुपियाँ बजेट छुट्याइएको कार्यालय प्रमुख आचार्यले बताए । उनका अनुसार रिडसँग सम्झौता भएका उत्पादक संस्था ३० वटा रहेका छन् । जसमा कृषक समूह २४ र सहकारी संस्था छ वटा छन् ।

१५ जना किसानको समूह बनाई कार्ययोजनासहित लगानी गरेको देखिए रिड कार्यालयले ५० प्रतिशत अनुदान दिने गरेको छ । कृषि वा पशुपालन गर्न १५ जनाको समूह बनाएर काम सुरु गरेपछि मात्रै ५० प्रतिशत अनुदानमा आधारित आयोजना भएकाले गरिब किसानले यसबाट लाभ लिन नसकेको देखिन्छ ।

बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.