काठमाडौं २८ भाद्र/एन्फा महिला लिगमा सुदूरपश्चिमको लागातार चौथो हार बेहोरोको छ । सातदोबाटोस्थित एन्फा खेल मैदानमा शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ४-० ले पराजित गर्यो। चन्द्रपुर नगरपालिकाले पहिलो जित हासिल गरेको छ।चौथो खेलमा चन्द्रपुरको यो पहिलो जित हो।
अंकको खाता खोल्न नसकेको सुदूरपश्चिम विरूद्ध चन्द्रपुरले तेस्रो मिनेटमा नै अग्रता बनायो। अनिता राना मगरले गोल गर्दै सुरूवाती अग्रता दिलाइन् । खेलको १५औं मिनेटमा रजनी थोकरले अग्रता दुगुना गरिन्। पहिलो हाफमा चन्द्रपुरले २-० को अग्रता बनायो। निरिह सुदूर दोस्रो हाफमा खेलमा फर्कन सकेन भने ६३औं मिनेटमा एलिना चौधरीले आत्मघाती गोल उपहारमा चन्द्रपुर ३-० को अग्रता बनाउन सफल रहयो।
यसपछि ८९औं मिनेटमा सजनी थोकरले होल गर्दा चन्द्रपुर सुदरलाई ४-० को सहज नतिजामा हराउन सफल रहयो। ४ खेल खेलेको चन्द्रपुरले पहिलो जितबाट ३ अंक जोडेको छ। उसको ५ अंक पुगेको छ।
चन्द्रपुर यसअघि कर्णाली र संकटासँग बराबरीमा रोकिंदा एपिएफसँग हारेको थियो। सुदूरको भने यो लगातार चौथौ हार हो। सुदूरपश्चिमले बागमती युवा क्लब, पुलिस क्लब र त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो।