धनगढी, २२ भदौ । नेपाली कांग्रस जिल्ला कार्यसमिति कैलालीले असोज १ गते देखि ५ वटै निर्वाचन क्षेत्रका नवीकरण भएका क्रियाशिल सदस्यको कार्ड बाड्ने भएको छ । आज शुक्रबार जिल्ला कार्य समितिका कार्यवहाक सभापति खेमराज डगौरा थारुको सभापतित्वमा भएको बैठकले जिल्लाका सबै निवार्चन क्षेत्र, नगरपालिका र वडा बाट वितरण गर्ने निर्णय गरेको छ । बैठकले नयाँ क्रियाशिल सदस्यता फारम समेत वितरण गर्ने समेत निर्णय गरेको छ ।
बैठकले नियमित रुपमा पार्टीलाई लेबी नबुझाएका सदस्यको नवीकरण कार्ड रोक्का गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अनिवार्य लेबी नतिरेको भए सदस्यता नवीकरण रोक्का गर्ने समेत निर्णय गरेको छ । पार्टीका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा जननायक वि.पि. कोइरालाको १११ औं जन्म जयन्ती भदौ २५ गतेका धनगढीमा मनाउने समेत निर्णय गरेको छ ।

