• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरको पुनर्वास गरियो बाढीमा आधारित ‘कृत्रिम नमुना अभ्यास’

किशोर तामाङ
कञ्चनपुर/कञ्चनपुरको पुनर्वासमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । पछिल्लो एक दशकयता वर्षातमा आउने बाढीले वर्षेनी ठूलो धनजनको क्षति गर्ने गरेको छ । त्यस्तो क्षतिलाई न्यूनीकरण गर्नका लागि कञ्चनपुरको पुनर्वासमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ ।

प्राकृतिक विपद्हरूलाई रोकथाम गर्न नसके पनि पूर्वतयारको माध्यमबाट विपद्को असरलाई न्यून गर्न सकिन्छ भन्ने उद्देश्यका साथ विगतको बाढीको अनुभवलाई आत्मसात् गर्दै आगामी दिनहरूमा भैपरि आउने बिपदको समयमा कसरी पूर्व तयारीका कार्यहरू गर्न सकिन्छ भन्ने दिगो ब्यवस्थापन का लागि बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको हो । मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना एमरेड अन्तर्गत पुनर्वास नगरपालिका वडा नम्बर १ भकुण्डमा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको थियो ।

परियोजनाले कञ्चनपुर जिल्लाका पुनर्वास नगरपालिकाका विभिन्न ४ वटा समुदायमा बाढी उत्थानशीलताको क्षेत्रमा कार्य गरिरहेको र सोही कार्यको निरन्तरता दिदै पहिलो पटक पुनर्वासको भकुण्ड नजिकैको दोदा नदीमा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा एन एन एस डब्लु ए का विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासमा सहजीकरण प्रशिक्षक जनक लेखकले गर्नुभएको थियो ।नमुना अभ्यासपछि आयोजित समीक्षाका क्रममा नेपाल रेडक्रस सोसाइटी पुनर्वास शाखाका सचिव रूपेश खरेलले समुदायका व्यक्तिहरूले उक्त अभ्यासबाट विपद्को तीन चरणमा गर्नुपर्ने कार्यको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिनुभएको थियो ।त्यस्तै पुनर्वास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहनलाल रानाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विपद्को समयमा प्रभावित समुदायको व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

बाढीमा आधारित कृत्रिम नमुना अभ्यासका क्रममा आयोजित औपचारिक कार्यक्रममा मर्सिकोर नेपालका बिपद उत्थानशील सल्लाहकार लक्ष्मी अवस्थीले विपद् व्यवस्थापनका क्षेत्रमा समेत क्रियाशील रहेको यस संस्थाले थुप्रै ठाउँहरूमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनु भयो । पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । विगतदेखि निरन्तर सिकाइको क्रम जारी रहँदा सिकेका विषयवस्तुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न सक्नुलाई नै उपलब्धिका रूपमा लिन सकिने उहाँको भनाइ छ । विपद्को समयमा समुदायकै व्यक्तिहरू उद्धार कार्यका खटिनु पर्ने हुँदा पूर्व तयारी अवस्थामै रहन उहाँले आग्रह गर्नुभयो ।

बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउँदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरूको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुनर्स्थापन तथा व्यवस्थापन जस्ता गतिविधिहरू नमुना अभ्यासका रूपमा प्रस्तुत गरिएका थिए ।उक्त कृतिम नमुना अभ्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन ओम नाथ ढकाल , नेपाल रेडक्रस सोसाइटी शाखा पुनर्वास का सचिव रूपेश खरेल,स्थानीय जनप्रतिनिधिहरू,, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय समुदायका नागरिकहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू र पत्रकार समेतको उल्लेख्य सहभागितामा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको हो ।

बुधबार, साउन ०९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.