धनगढी, ७ साउन/कैलालीको गोदावरी नगरपालिका – ४ भ्यागुतेपानीका करिब १५ परिवारको खानेपानीका लागि नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिले सहयोग गरेको छ । विगत केही महिनादेखी खानेपानीको अभाव झेलिरहेका भ्यागुतेपानीबासीहरुलाई सहज रुपमा खानेपानी पु¥याउन तरुण दलले पाईप सहयोग गरेको हो ।
वैशाख जेठको खडेरीका समयमा जंगलमा लागेको आगोका कारण खानेपानीको केही पाईप जलेपछि सो क्षेत्रका बासिन्दाहरुले नजिकै रहेको अर्को गाउँमा गएर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता रहेको थियो । पानीको मुहानबाट गाउँमा ल्याईएको पाईप मध्ये करिब ७० मिटर जती पाईप जलेको र सो पाईप आफुहरुले उपलब्ध गराएको नेपाल तरुण दल गोदावरी नगरकार्यसमितिका सभापति रमेश भट्टराईले जानकारी दिए । उनले भ्यागुतेपानीबासीहरुको समस्या थाहा पाएपछि तरुण र नेपाली कांग्रेससँग आवद्ध केही युवाहरुको टोली सम्बन्धीत स्थानमा पुगेर पाईप हस्तान्तरण गरेको बताए ।
विगत ३ महिनादेखी अर्को गाउँबाट पानिको जोहो गर्नुपर्ने बाध्यता अब हट्न विस्वासमा स्थानियबासी देखिएका छन । उनिहरुले पाईप सहयोग गर्ने तरुण दललाई धन्यवाद ज्ञापन गरेका छन । नेपाल तरुण दलले नेपाली कांग्रेसका नेता वि।पि। कोईरालाको ४२औ स्मृति दिवसका अवसरमा उक्त कार्य गरेको थियो ।