धनगढी ५ साउन/कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन् । शनिबार साँझ साढे ५ बजेतिर लम्कीचुहा नगरपालिका ३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार ती व्यक्तिले कर्णाली पुलबाट एक्कासी हाम फालेको देखेपछि स्थानीयले खबर गरेका थिए । नदीमा बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । अहिले पुलमा पर्यटक र पैदाल यात्रुलाई प्रबेश निषेध गरिएको छ ।
