टीकापुर ३ अुसार/कैलालीको टीकापुरमा एक जना बाघको आक्रमण परि घाईते भएका छन । टीकापुर नगरपालिका वडा न ८ फाँटा गाउका २६ बर्षिया अरबिन चौधरी घाईते भएका छन ।
चौधरीलाई राती करिब १० बजे गाउँ नजिकै रहेको केराबाट निस्केको बाघले आक्रमण गरेको जनाएका छन । गाउँ नजिक करिब २००मिटरको दुरिमा रहेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह रहेको र उक्त बनबाट साँझ करिब ८ बजेको समयमा गाउँमा बाघ पस्ने गरेको स्थानिय प्रेमलाल चौधरीले बताए ।
सोही गाउमा केही दिन अघि स्थानिय वीर बहादुर चौधरीले पालेको करिब ३० किलोको बंगुर समेत बाघले खाइदिएको समेत बताए । उक्त क्षेत्रमा केहिदिन यता बाघले आतंक मच्चाएको स्थानियको भनाई छ ।