मसुरिया १८ असार/कैलालीको गौरीगंगा ११ मसुरियाको शान्तिपुरमा खेलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । स्थानीय सुस्मीता चौधरीको डुबेर मृत्यु भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीले उद्धारको प्रयास गरेपनि बचाउन सकेनन् । प्रहरी र सशस्त्र प्रहरी उद्धार गर्न आएपनि ढिलो भएका कारण बचाउन नसकिएको बताईएको छ ।
बिउँ काट्न गएका बेला घरमा फर्कने बेला खोल तर्ने क्रममा डुबेर मृत्यु भएको बताईएको छ । उनको शब मृत अबस्थामा निकालिएको छ ।
