धनगढी, १५ असार/सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ,नेपाल धनगढी नगर महासघको आयोजनामा धनगढी ११ स्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समुहको ब्यबस्थापनमा बृक्षारोपण तथा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ । धनगढी नगरमहासघका अध्यक्ष श्याम बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय तुलसी देबकोटा रहेक र्थिन् । बिशिष्ट अथिति सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ,नेपाल केन्द्रिय अध्यक्ष दानव बिष्ट कैलाली जिल्ला सचिव अध्यक्ष लक्ष्मी भण्डारी, सामुदायिक वन का अध्यक्षहरु, पदाधिकारी, महासघका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिति सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय तुलसी देबकोटाले असार महिना मान्छेको जिवन यापन गर्नको लागी वर्ष भरी लाई मानो रोपेर मुरी उब्जाउने समय भएको सबै किसान, वन सरक्षणक्रमी मिलेर यस दिन लाई दिवसको रुपमा नेपालमा मनाउदै आएको यसले किसानहरु लाई हौसला दिने गरेको साथै सुदुरपश्चिम प्रदेश सरकारले पनि प्रत्येक वर्ष दुरदराजका बिपन्न किसानहरुलाई विभिन्न कार्यक्रम मार्फत अनुदान दिने गरेको छ , सो अनुदान ले किसानहरुले आत्मनिर्भर हुन सिक्नु पर्ने वताए। वन र कृषि एक अर्काका परिपुरक भएकोले सबै मिलेर कृषिमा लगानी गरी अर्थ तन्त्र मजवुत पार्नु पर्ने अहिलेको आबश्यकता रहेको सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ,नेपाल केन्द्रिय अध्यक्ष दान व बिष्ट वताए
असार १४ गते देखि नेपाल देशभर सुरु भएको बृक्षारोपण कार्यक्रम अन्तरगत उक्त शिवशक्ति सामुदायिक वन परिषरमा बिभिन्न जातका करीव १०१ बिरुवा बृक्षारोपण गरिएको र उक्त कार्य राष्ट्रिय धान दिवस सँग जोडेर गर्दा उपभोक्ता किसान मा वन सरक्षण गर्नु पर्छ भन्ने भावनाको बिकास हुने र अभियानमा लागेका सबै सरक्षणकर्महरुको एक ठाउमा भेला गरी नौलो सन्देश दिनको लागी कार्यक्रम गरीएको सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघ,नेपाल केन्द्रिय महासचिव डण्डीराज सुवेदी ले जानकारी दिए ।। कार्यक्रम स्वागत मनतब्य शिवशक्ति सामुदायिक वन का अध्यक्ष रामचरण रानाले गरेका थिए ।