धनगढी,१४ असार । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री ओम विक्रम भाट सरल यति बेला बैतडीमा छन्। मन्त्री नियुक्त भएपछि पहिलो पटक पहाड भ्रमणमा रहेका भाट आज (शुक्रवार) बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्देश्वर पुगेका हुन्। त्यहाँ पुगेका मन्त्री भाटले आजै ८ नम्बर वडा कार्यालयको प्रशासकीय भवनको उद्घाटन गरेका छन्।
उनले सुदूरपश्चिम प्रदेश सरकार र पाटन नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उक्त वडा कार्यालयको प्रशासनिक भवनको एक कार्यक्रमबिच समुद्घाटन गरेका हुन्। सो कार्यालयले यस अगाडि संरचना भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको थियो। तर अहिले भने आफ्नै संरचना निर्माण गरी आफ्नै भवनबाट सेवा सञ्चालन गरिएको बताइएको छ।