धनगढी ३२ जेठ/धनगढी उपमहानगरपालिकाले गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको छ। उपमहानगरले आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एबं संघ संस्थाहरुलाई एक दिन सार्वजनिक बिदा दिएको छ।
यही असार २ गते बिदा दिएको उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। गंगा दशहरालाई यस क्षेत्रका सबै समुदायले ऐतिहासिक पर्वका रुपमा मनाउँदै आएका छन्।
धनगढी १६मा रहेको बेहेडाबाबामा गंगादशहराको मेला लाग्ने भएकोले यसलाई प्रमुख धार्मीक गन्तव्य बनाउन पनि सार्बजनिक बिदा दिईएको सुचनामा उल्लेख छ ।