• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अछाममा भूत चढेको भन्दै स्कुलमै बालिकामाथि झारफुक (भिडियो सहित)

अछाम ३२ असार/अछामको एक स्कुलमा प्रधानाध्यापकदेखि शिक्षकसम्मले झारफुक गर्दै बिद्यार्थी कुटपिट भएको छ । विद्यालय हाता भित्रै बिरामी निको पार्ने अन्धविश्वासलाई प्रोत्साहित गरेको पाइएको छ। झारफुकका नाममा स्कुलभित्रै एक बालिकालाई टाउकोमा हिर्काउने, कपाल तान्ने, पानी छ्याप्ने जस्ता गतिविधि गरिएको छ।सामाजिक सञ्जालमा सार्वजनिक एउटा भिडिओले यो घटना बाहिर ल्याएको हो।

उक्त भिडिओमा तीन जना विद्यार्थी स्कुलको एक कोठाको भुइँमा बसेर कामिरहेका छन्। स्कुलको पोसाकमा रहेका दुई बालक र एक बालिकालाई दुई व्यक्तिले निर्देशन दिइरहेका छन्। दुई बालक काम्दै बालिकाको टाउकोमा पटकरपटक हिर्काउने, कपाल तान्ने, पानी छ्याप्ने र चामलले हान्ने गरिरहेका छन्। उनीहरूका अगाडि उभिएकामध्ये एक व्यक्तिले दूधको दूध, पानीको पानी छुट्ट्याउनु पर्‍योु भन्दै कराइरहेका देखिन्छ। उभिएका व्यक्तिले दुई बालकलाई अर्की बालिकामा आएको भूत भगाइदिनु भनिरहेका छन्।शरीर कमाएर, देउता आएर मात्र हुँदैन, सञ्चो बनाउनुपर्छु भन्दै उनी यताउता घुमिरहेको देखिन्छ।

यो भिडिओ अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालयभित्रको हो। यसमा ती व्यक्तिको निर्देशनमा दुई बालकले एक बालिकाको झारफुक गरिरहेको देखिन्छ। भिडिओमा उभिएका व्यक्तिले भूतले के मागिरहेको छ, के दियो भने छोड्छ, जसरी हुन्छ भूत भगाइदिनुपर्‍यो भनिरहेका छन्। उनीहरूका अगाडि अरू व्यक्ति पनि छन्। उनीहरूले दिनहुँ भूत लागेर सताउन थाल्दा स्कुलको बेइज्जत भइसक्यो भनेको सुनिन्छ। केही व्यक्ति हाँसिरहेका पनि छन्।

स्कुलमा, त्यसमाथि बालबालिकालाई प्रयोग गरेर झारफुक गराउँदै गरेको भिडिओ सार्वजनिक भएपछि यसको आलोचना भइरहेको छ। धेरैले स्कुलमै यसरी अन्धविश्वासका गतिविधि गरेर भ्रम छर्दा विद्यार्थीमा कस्तो असर पर्छ भनेर प्रश्न गरेका छन्। अनि एक बालिका विद्यार्थीलाई भूत चढेको भन्दै अर्का विद्यार्थी प्रयोग गरेर हिर्काउन, कपाल तान्न, अक्षता र पानी छर्किन लगाएर दुर्व्यवहार गर्नेमाथि कारबाही हुनुपर्ने पनि उनीहरूले बताएका छन्।

कक्षा ६ मा पढ्ने ती बालिका बिहीबार बिहान १० बजे एक्कासि बेहोस भइन्। त्यस्तै बेला बेला काम्ने, कपाल तान्ने गर्न थालिन्। प्रधानाध्यापक बद्रिप्रसाद रिमालले भने भूत चढेकोु भन्दै कम गर्न देउता चढेकाु बालकहरूलाई सोधपुछ गर्न लगाइएको हो ।
बालिकामा भूत चढेको थियो। त्यसैले देउता चढेकाहरूलाई भनेर भूत किन आएको हो, सोध्न लगाएका हौं, उनले भने प्रधानाध्यापक पदमा बसेका रिमालले बालबालिकालाई अन्धविश्वासको गतिविधिमा प्रयोग गरेको घटनाको बचाउ समेत गरेका छन्।

सुदूरपश्चिमतिर देउता चढेका व्यक्तिले भूत चढेको अर्को व्यक्तिलाई सोधपुछ गर्छ। उनीहरूले मागे अनुसारको गर्नुपर्छ। पानी मागिएको थियो, त्यसैले छ्यापिएको हो। अक्षता र टाउकोमा हान्ने चलन पनि छ। त्यसरी हाने भूत झर्छ, रिमालले भने, बालिकालाई उनीहरूले देउता बोलाएर सोधेको आधा घन्टापछि निको भएको छिन्। बेहोस भएर ढल्दा वा काम्ने गरेमा त्यसरी नै अर्का व्यक्तिलाई देउता बोलाएर निको बनाइन्छ। स्कुलमा भने पहिलोपटक यस्तो गरेको हो।

स्कुलमा दिनहुँ मुर्छा परेर ढल्न र काम्न थालेपछि समस्याबारे सरकारको ध्यान जाओस् भनेर भिडिओ सामाजिक सञ्जालमा हालेको उनको भनाइ छ। यस्तो के कारणले भयो भन्ने कुरा थाहा छैन, हामी त्यसको विज्ञ होइनौं, उनले भने, देउता बोलाउँदा निको हुन्छ भनेपछि गरेका हौं। विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्रप्रसाद बुढाजैसीले पनि गाउँघरमा भूतप्रेतसँगै देउताप्रति एकदम धेरै विश्वास गरिने भएकाले त्यस्तो गरिएको बताए। उनले आफूलाई गाउँघरमा पुजारी भनेर चिन्ने पनि बताए।

बालकहरूलाई हामीले काम्न भनेको होइन। देउता चढेकाले कामेका हुन्, उनले भने, एक्कासि शरीर काम्नुलाई यता देउता चढेको भनिन्छ। देउता चढेका व्यक्तिले हातले कुटपिट गरेर भूत झार्ने चलन छ। त्यसैले बालकले बालिकाको टाउकोमा हानेका हुन्। त्यही पढाउने शिक्षक पूर्ण उपाध्यायले समेत चलन भन्दै घटनाको बचाउ गरे। देउता बोलाएपछि बालिका निको भएको भन्दै उनले यो घटनामा कुनै आपत्ति नभएको बताए। वडा सचिव कमलप्रसाद भण्डारीले भिडिओ हेरे पनि के भएको हो भनेर प्रस्ट भन्न नसक्ने बताए।

घटनाबारे थाहा नभएकाले के भएको हो म अहिल्यै भन्न सक्दिनँ, उनले भने, किन त्यस्तो गरिएको भन्ने थाहा भएपछि मात्र सही र गलत भन्न सकिन्छ। जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी निरीक्षक अर्जुनसिंह साउदले पनि भिडिओ देखेको तर स्कुलसँग कुराकानी हुन नसकेकाले तत्काल यसबारे केही भन्न नसक्ने बताए।

शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.