सुखड १९ जेठ/नेपाली काँग्रेस कैलाली जिल्लाका उप–सभापति भीम बडूवालको कारबाही प्रक्रिया फिर्ता लिन नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले माग गरेको छ । जिल्ला सभापति नारायण दत्त भट्टले एकलौटी निर्यणद्धारा राजनीतिक पूर्वाग्रह राखी बिना कारण कारबाही प्रक्रिया बढाएकोमा नगर कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।
बिना कारण केन्द्रीय अनुशासन समितिमा नाम सिफारिस गरिएको सुनिन आएकोमा तत्काल नाम फिर्ता लिन समेत नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले माग गरेको छ । विज्ञप्तिमा भनिएको छ “कारबाही प्रक्रिया अपमानजनक भएको र व्यक्तिगत पूर्वाग्रह राखिएको देखिएकाले हामी यो कारबाही फिर्ता गरी पार्टी भित्र एकता, सहमति र सहकार्य गरी अघि बढ्न आग्रह गर्दछौँ ।”