धनगढी, १० जेठ/सुदूरपश्चिमका निर्वतमान मन्त्री तथा नेपाली काँग्रेसका युवा नेता प्रकाश देउवाले काँग्रेसले संघियता ल्याएपनि देशको ढुकुुटी रित्याउन कम्न्युुष्ट नेतृत्वको सरकार उद्त रहेको बताएका छन् । काँग्रेसका स्वर्गिय नेता शुसिल कोईरालाले संविधान ल्याएर संघियतालाई कार्यान्वयन गर्ने काँग्रेस त्यसपछि नेकपाको सरकारले सत्तामा आई कम्न्युष्टले देशको ढुकुटि मात्रै रित्याएको लागेको आरोप लगाएका छन् ।
नेपाल शिक्षक संघ कैलालीको सहजपुरमा आयोजित कार्यक्रमा देउवाले सो कुरा बताएका हुन् । ‘पहिलो प्रदेश सरकारले व्यबस्थानै भ्रष्ट पारेको बताउदै योजना कार्यकर्ता मुखी र किनबेच सम्मका थिए’ निवर्तमान मन्त्री देउवाले भने–‘काँग्रेसको नेतृत्वको सरकारले कोही व्यवस्थित बनाउदै लगेका थियौ । फेरी देशको ढुकुुटिको बागडोर कम्न्युुष्टको हातमा आएका छन् ।’
कम्न्युष्टहरु देश बनाउन भन्दा पनि बाडिचुढी देशको ढुकुटी रित्ताउन मात्रै गठबन्धन गरेको उनले बताए । काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारले प्रदेशलाई सहि मार्गमा लगेका बताएका छन् । शिक्षकको बिषयमा चर्चा गर्दै नेता देउवाले शिक्षक समाजको ऐना बताउदै शिक्षक सधै सत्यको पक्षमा लाग्न आग्रह गरेका छन् । शिक्षक हरेका परिवर्तनमा संवाहक रहेको स्मरण गर्दै शिक्षकका सकारत्मक पक्षमा सदैब साथमा रहने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा गोदाबरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले अहिले देशलाई शिक्षकको महत्वपुर्ण भुमिका रहेको बताउदै समाजलाई सहित मार्गमा लैजान आग्रह गरेका छन् । शिक्षकका राम्रा पक्षमा आफ्नो साथ सधै रहने बताएका छन् ।
त्यसैगरी लम्कीचुहाकी मेयर सुशिला शाहीले आफ्नो पालिका भित्रका शिक्षकहरुको काममा सधै खटिरहेको बताएकी छन् । शिक्षकले नै समाजमा ज्ञानको ज्योति छर्ने भएकोले समाजलाई सहिबाटोमा हिडाउन लाग्न समेत आग्रह गरेकी छन् ।
त्यस्तै चुरे गाँउपालिकाकी उपाध्यक्ष धना थापाले शिक्षका समस्या धेरै भएकोले त्यसलाई सम्बोधन गर्न धेरै बाकी रहेको बताएकी छन् । शिक्षकको कामले नै समाज बिकासको सुचक भएको समेत बताएकी छन् ।
कार्यक्रममा नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार, चरे गाँउपालिका ३ का वडा अध्यक्ष खगेन्द्र कठायत, नेपाली काँग्रेस चुरे गाँउ कार्यसमितिका सभापति हेम शाह, नेपाल टे«ड युनियन काँग्रेसका निवर्तमान उपमहासचिव सीताराम अबस्थी, नेपाल टे«ड युनियन काँग्रेसका सुदूरपश्चिम प्रदेश अध्यक्ष ज्ञानेन्द्र शाह र शिक्षक संघका प्रदेश अध्यक्ष डिल्लीराज पन्त लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल शिक्षक संघ कैलालीका अध्यक्ष तेजबहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव हरिष ओझाले गरेका थिए ।
