• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुर पुनर्वासको दोदा नदीमा जैविक तटबन्ध

किशोर तामाङ
कञ्चनपुर, २८ वैशाख
/कञ्चनपुरमा जग्गा कटान रोक्न दोदा नदीमा जैविक तटबन्ध निर्माण थालिएको छ । जिल्लाको पुनर्वास नगरपालिका–७, परासन उदरी भएर बग्ने दोदा नदीमा जैविक तटबन्ध निर्माण थालिएको हो ।

पुनर्वास नगरपालिका–७, परासनमा तीन सय मिटर लामो जैविक तटबन्ध निर्माणको पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माले उद्घाटन गरे । आर्थिक रूपमा मितव्ययी तथा सामुदायिक स्तरमा सजिलै निर्माण गर्न सकिने हुनाले पछिल्लो समयमा जैविक तटबन्ध उत्तम बिकल्पको रुपमा लिइन्छ ।

परासन शिवशक्ती सामुदाय विपद् व्यवस्थापन समितिका सचिव बनवारी रानाले प्रदेश सरकारसँग ढुङ्गाको तटबन्धका लागि धेरै प्रयास गरे पनि प्रयास असफल भएको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पु¥याएको र सितावस्ती समुदायले थोरै लगानीमा स्थानीय श्रोत साधन प्रयोग गरेर कटानि रोक्न सफल देखिएकाले परासनका स्थानीयले पनि तटबन्ध निर्माणको काम थालिएको बताए ।

समाज कल्याण संघ एनएनएसडब्लुए कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनासँग समन्वय गरी तीन सय मिटर बाँसको जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको मर्सिकोर नेपालका ईकोनमिक एडभाईजर सन्देश पनेरू ले बताए ।

पुनर्वास नगरपालिकाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा नेपाल समाज कल्याण संघले सञ्चालन गरेको एमरेड परियोजना अन्तर्गत दोदा नदीमा जैविक तटवन्ध निर्माण कार्यका लागि नगरपालिकाको दुई लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख आठ हजार सात सय ३६, जनताको तटबन्धवाट छ हजार तीन सय र समुदायको तर्फबाट जनश्रमदान र एनएनएसडब्लुए मर्सिकोर नेपालको एमरेड परियोजनाको तर्फबाट एक लाख ८१ हजार चार सय ९८ रुपैयाँ लगानीमा निर्माण कार्य भईरहेको मर्सिकोर नेपालका ईकोनमिक एडभाईजर सन्देश पनेरूले बताए ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले जैविक तटबन्ध निर्माणका लागि बजेटका अभाव हुन नदिने बताए । किसानको जग्गा नदीले बगाउन थालेकोमा आफू चिन्तित भएको भन्दै उनले नदीको किनारमा बाढीले गर्नसक्ने जग्गा कटानीलाई रोक्न तथा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि जैविक तथा अजैविक स्रोत बाँस, पलाष्टिक वोरा, स्याउला, वालुवा र मानविय श्रोतको उच्चतम प्रयोग गरेर जग्गा कटानी रोक्नका लागि जैविक तटबन्ध भरपर्दो व्यवस्था रहेको बताए ।

कार्यक्रम अन्तर्गत नगरपालिकाले दक्ष कामदारको ज्याला बापतको रकम व्यहोर्ने भएको छ । पहिलो चरणमा नदीको बहावले बढी क्षति पु¥याउन थालेको क्षेत्रमा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ । जैविक तटबन्ध निर्माणका लागि दक्ष कामदार ७८ जना र अदक्ष कामदार एक सय २४ जना लाग्ने अनुमान गरिएको छ ।तटबन्ध निर्माणमा बाँस नौ सय १८ र बालुवाका बोरी ६ हजार चार सय लाग्ने अनुमान गरिएको छ । तटबन्ध निर्माणपछि नदी तटीय क्षेत्रमा वृक्षारोपणको कार्य समेत गरिने बताइएको छ ।

शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.