धनगढी , १८ वैशाख / प्राज्ञिक विद्यार्थी परिषद्ले आफ्नो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ। यस्तै धनगढीको कैलाली बहुमुखी क्याम्पस ईकाइद्धारा पनि वत्तृत्वकला प्रतियोगिता गरिएको छ ।
आज मंगलबार क्याम्पसको सेमिनार हलमा विश्व विद्यालयको शिक्षा सुधारमा विद्यार्थीको भुमिका भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । उक्त प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसमै कानुन संकायमा अध्ययनरत विद्यार्थी प्रविन चन्द प्रथम हुनुभएको छ ।
त्यस्तै विनोद जोशी दोस्रो हुनु भयो भने, बमबहादुर विसिले तेस्रो स्थान प्राप्त गरे । यस्तै प्रतियोगिताको सान्त्वना दशरथ भट्ट हुनु भयो।
प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीलाई प्रमाणपत्र लगायत अन्य शौक्षिक सामग्री प्रदान गरी पुरस्कृत गरिएको हो ।

प्रतियोगितामा प्राज्ञिक विद्यार्थी परिषद् सुदूरपश्चिम प्रदेश सचिव प्रेम बोहरा , सह सचिब , धनगढी नगरका सचिव उपस्थित हुनुभएको थियो ।
कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक गणेशराज जोशी, उप–प्राध्यापक बासुदेव बिष्ट र उप–प्राध्यापक टेकेन्द्र देउवा निर्णायकमा रहनुभएको थियो ।

प्रज्ञिक विद्यार्थी परिषद्, सुदूरपश्चिम प्रदेशका मिडिया प्रमुख लबदेव धामीको कार्यक्रम संयोजकत्वमा प्रतियोगिता सम्पन्न गरिएको धनगढी नगर इकाइका सह-सचिव दशरथ धामीले बताए।
प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पसमका स्ववियु अध्यक्ष यमराज जोशी र सचिव सन्तोष पन्तको उपस्तिथि रहेको थियो । यस्तै १० जना सहभागी रहेको उक्त प्रतियोगितामा क्याम्पसमा अध्ययनरत अन्य विद्यार्थी र परिषद्का कार्यकर्ताको उपस्तिथि रहेको थियो ।