धनगढी, १५ वैशाख / बझाङमा मतदान शुरू भएको छ । बझाङ प्रदेश सभा ९१ ० मा निर्धारित समय अनुसार आज विहान ७ बजे मतदान शुरु भएको छ ।
यसक्रममा बझाङ सदरमुकाम चैनपुरस्थित सत्यवादी माध्यामिक विद्यालय भोपुरमा मतदान शुरु भइसकेको निर्वाचन परिवेक्षण गविहान ७ बजे मतदान शुरुरिएको नियोकका विष्णुबहादुर खत्री र अभयराज जोशीको टीमले बताएको छ
उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र ९१० का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए ।
सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी हुने छन् ।
सात वटा पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सूर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा रहेका छन् ।
उनका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।
११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरु क्रमशः नेपाली कांग्रेसले स्व। सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा ९एमाले० ले दमन भण्डारी, नेकपा ९माओवादी केन्द्र ० का जनक बुढा र नेकपा ९एकीकृत समाजवादी० का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।