धनगढी,११ वैशाख/ बझाङकी मृतक बाडुली धामीको परिवार र मायामेट्रो अस्पताल बीच सहमति भएको छ। क्षेतिपुर्ति पाउने भएपछि सहमतिको भएको मृतकका आफन्त गोविन्द धामीले बताए।
क्षेतिपुर्तिमा क्रिया खर्च र शवलाई बझाङ घरमै पुगाइदिने सहमति भएको छ।
यस्तै कैलाली जिल्लाका प्रहरी प्रवक्ता कविन्द्र बोहोराले अस्पताल र मृतकका परिवार बीच सहमति भए पछि लासलाई पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको बताए।