धनगढी,१० बैशाख / मदिरा सेवन गर्न छोडेपछि बैतडीका एक व्यक्ति सम्मानित भएका छन् । सिगास गाउँपालिका–६ का प्रेमसिंह धामीलाई मदिरा सेवन गर्न छोडेपछि सम्मान गरिएको हो । उनलाई वडा कार्यालयमा बोलाई सम्मान गरिएको सो वडाका अध्यक्ष तेजहादुर साउँदले बताए ।
पूर्णरुपमा मदिरा सेवन गर्न छोडेको भन्दै धामीलाई आइतबार जनप्रतिनिधि र महिला सञ्जालका पदाधिकारीको उपस्थितिमा सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
मदिराले गर्दा घरेलु हिंसा तथा झैझगडा हुने गरेकोले गाउँलाई मदिरा मुक्त बनाउने अभियान सुरु गरेको वडा अध्यक्ष साउँदले बताए ।