• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बझाङमा प्रदेशसभा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याईनभ्याई

धनगढी १० बैशाख/यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलो अभियानमा छन्। आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूचीसहित उम्मेदवार त्यो क्षेत्रका ५० वटै वडामा पुग्ने क्रममा छन्।
तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमन भण्डारीको टोलीले तलकोट र साइपालमा घरदैलो अभियान गरेर फर्किएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलले पनि सोही पालिकाहरूमा भोट मागे।
अहिले काँग्रेसका उम्मेदबार अभिषेक बहादुर सिह किसानका खेतबारीमै भोट माग्न पुगेका छन् । उमेदवार सिह अहिले बझाङमा चलिरहेको चैतली मेला होस् या अन्य मेला बिषु मनाउन घर आएकाहरुलाई मत माग्न मतदाता भेट गरिहेका छन् ।

पालिकाबाट टाढाको पालिका भएको हुँदा प्रचार अभियान सुरुमै गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताए। पालिकामा अभियानमा जाँदा संयोगवश अन्य दल पनि सोही पालिकामा प्रचार गरिरहेका देखिएको उनको भनाई छ।

‘यद्यपि पालिकाभित्र भने सँगसँगै नभएर विभिन्न वडा–वडामा घरदैलो अभियानमा गयौँ,’ उनले भने। ११ राजनीतिक दलका उम्मेदवारले आफूलाई निर्वाचित गराउन विभिन्न ‘एजेन्डा’हरू सार्वजनिक गरिरहेका छन्। सबै उम्मेदवारको साझा एजेन्डा भने ताक्लाकोट सडक र बिजुली नै छ। ठूला दलले आफ्नो पार्टी सरकारमा हुँदा सडकमा बजेट हालेको जनाउँदै भोट मागिरहेका छन् भने साना दलका उम्मेदवारले ठूला दलले काम गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढाले ताक्लाकोट सडक आफ्नो पार्टी सरकारमा गएको बेलामा सडकमा बजेट हालेको र सम्पन्न पनि आफ्नै सरकार भएपछि हुने जनाउँदै भोट मागिरहेका छन।

यसलाई खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापासहितका साना दलले भने ठूला दलले आफूले सरकारमा हुँदा आएको बजेट कार्यकर्तालाई पाल्न मात्रै भएको आरोप लगाउँदै भोट मागिरहेका छन्।

सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.