धनगढी, ४ वैशाख / कैलालीको धनगढीमा आज समुदायमा कांग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ । कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने “अब कांग्रेस १ बर्ष सम्म सत्तामा जाने कुरा सोच्नु हुन्न। हामीले देशको एक एक नीति र विकासका कार्यमा निगरानी गर्नु पर्ने हुन्छ। कांग्रेसले आफु पनि सच्चिन जरुरी रहेको बताउदै अब हामी भित्रको गुट बन्दी र कार्यकर्ता विभाजन गर्ने अभियान रोकेर भातृत्व र प्रेमको भावनालाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।
सरकारको बारेमा बोल्दै भने कसैलाई आफ्नो कुर्सी जोगाउन धौ धौ भएको छ । कसैलाई आज कता भोलि कता जाने भनेर थाहा छैन। गृहमन्त्रीलाई व्यङ्ग्य गर्दै भने सहकारी ठग रवि र गृहमन्त्री रवि एउटै वा फरक-फरक हुन भन्नेमा छानविन समिति नै अन्यौलमा परेको बताए।
अब कांग्रेसले सत्तामा जाने भन्दा प्रतिपक्षमा वस्ने र आफ्नो पार्टीको समग्र सुधारमा लाग्नुपर्ने बेला आएको बताए “।
महामन्त्री थापा कैलालीमा कार्यक्रम सम्पन्न गरेर कञ्चनपुरमा अर्को कार्यक्रम सम्बोधनको गर्न जानु भएको छ।