धनगढी २ चैत/सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज सकिदै छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएको समय आइतबार साँझ ५ बजे सकिने भएपनि अहिलेसम्म कसैले पनि दाबी गरेका छैनन् । यद्दपी आज अन्तिम दिन नयाँ गठबन्धनबाट मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी गरिएको छ ।
जसका लागि नागरिक उन्मुक्ति पार्टी नाउपा लाई मुख्यमन्त्री दिने तयारी गरिएको छ । तर नाउपाभित्र मुख्यमन्त्रीका रूपमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद हुँदा ढिलाइ भएको छ ।
गठबन्धनले आइतबार साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्ने जनाएको छ । नाउपामा अध्यक्ष रञ्जिता पक्षले कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने भएपछि विवाद छ ।