धनगढी, ३० चैत / धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ। अत्तरियादेखि धनगढी आउदै गरेको बागमती प्रदेश ०१०२९ च १७८३ नम्बरको कारलाई पछाडीबाट सुदूरपश्चिम प्रदेश ०१००७ प ९८२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा ६ लेन सडकको धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा दुर्घटना भएको हो। दुर्घटना हुँदा दुई जना घाईते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाईते हुनेमा मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय विक्रम राना र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय दिपेन्द्र राना रहेको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। कार र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धि थप अनुसन्धान गरिरहेको जनाएको छ।