धनगढी २८ चैत / धनगढीमा रहेको चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० एक कार्यक्रम गरी सम्पन्न भएको छ । चैतन्य एकेडेमी नयाँवानेश्वर काठमाडौँबाट विगत लामो समयदेखि देशको प्राथमिक एजेन्डाहरुमा सुशासन, दिगो विकास र समृद्धिलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको सेमिनारको आयोजना बिगतका दिनहरुमा पनि कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्।धनगढीमा भएको सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलनमा उनले विकासका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्वमा इमानदारिता आवश्यक रहेको बताए। स्वतन्त्र निर्वाचित नगर प्रमुख हमालले राजनीतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको बताए।
हामीसँग स्रोतसाधनको होइन, इच्छाशक्तिको कमी भएको मेयर हमालले बताए ।’
त्येस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डा. हेमराज पन्तले मुलुकमा संघीयता आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए। रोजगारीका लागि भारत जानुपर्ने बाध्यता यहाँ अहिले पनि उस्तै रहेको उनले बताए। त्यतिवेला क्याम्पस जाँदा दाउराको भारी बोकिरहेका मान्छेहरू बाटोमा भेटिन्थे, अहिले क्याम्पस जाँदा पनि त्यही देख्छु ,जनताको अवस्था उस्तै छ उनले बताए ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले सुशासन अपूर्ण छ यो काम राज्यका हरेक निकायले यस्ता बहसका कार्यक्रम गर्ने हो तर गरेको छैन तर एक विद्यालयले बिशिष्ट व्यक्ति हरुलाई एकै ठाउँमा जुराउन भनेको यो भाग्यको खेलमान्नु प्रर्छ यस्ता कामहरु हरेक संध संस्थाले सरोकारवालाले मनन गर्नु पर्ने बताए । चैतन्य पाठशाला बाट राज्यले पनि सिको गर्ने दिन आएको उनले बताए।
चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशी, धर्मराज पाठक, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्साल पत्रकार ,समाजिक अभियान्ता, राजनीतिक क्षेत्रका व्यक्तित्वहरू प्रमुख वक्ताका रूपमा रहेका थिए ।
चैतन्य ग्रुप अफ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिको यात्रामा मद्दत पुर्याउन चैतन्यले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको उनले बताए।
पछिल्लो समयमा धनगढीको चैतन्य पाठशाला एक अनुकरणीय शिक्षाको केन्द्र बन्दै गएको छ ।