बझाङ २५ चैत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले बझाङका लागि उमेदवार हुद अभिषेक टिकट मागेको नभई पार्टीले निर्वाचन लड्न टिकट दिई उमेदबार बनाएको बताएका छन् ।
नेपाली काँग्रेस बझाङका नेता कार्यकर्तालाई चैनपुरमा चुनावी सभालाई सम्बोन गर्दै केन्द्रीय सदस्य रावलले सो कुरा बताएका हुन । ‘अहिले सिङ्गो बझाङ शोकमा डुबेको छ आफ्नो कुशल अभिभावक गुुमाएको छ’ डा. रावलले भने ‘यो शोकलाई शक्तीमा बदल्न बझाङका नागरिकले अभिषेकलाई मतदिएर उपनिर्वाचनमा जिताउनुपर्छ ।’
अहिले बझाङमा निर्वाचनमा उमेदवार बन्नका लागि अन्य साथीहरु पनि दौडमा थिए तर, सबैको सुझाव लिएर अभिषेकलाई उमेदवार बनाएको उनले बताए । बझाङ जिल्लालाई सुखी र सम्बृद्ध बनाउने बुवाको सपना पुरा गर्न उनी निर्वाचनमा होमिएका छन् सबैले सहयोग गरेर उपनिर्वाचनमा जिताउन समेत डा. रावलले आग्रह गरेका छन् ।
भिडियो हेर्न यहाँ Click गर्नुहोस्