धनगढी, २२ चैत/नेपाली कांग्रेसले बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र नेता शेखरकोइरालाले जोशीको नाममा अडान लिएका थिए । यस्तै इलाम-२ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको छ । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।
