धनगढी,२१ चैत / कैलालीको टीकापुरमा एक पुरुषको शव फेला परेको छ । लम्की टीकापुर सडक कार्यालय टीकापुरले शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएजस्तो देखिएको बताएको छ ।
शव महेन्द्र विकको भनिएको तर आधिकारीक पुष्टि नभएको बताइएको छ । टीकापुर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।