धनगढी, १८ चैत / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ। धनगढीमा १६ गते देखि जारी रहेको अधिवेशन (आज) १८ गते नयाँ कार्यसमिति चयन पछि समापन गरिएको हो।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको चौथो प्रदेश अधिवेशनबाट २७ जनाको कार्यसमिति चयन भएको छ । कार्यसमितिको अध्यक्षमा पृथ्वीराज अवस्थी, उपाध्यक्षमा लोकराज भण्डारी , सचिवमा प्रेम बोहरा , प्रदेश सह-सचिव श्याम भक्त भाट, गायत्री जोशी, निर्मला साउद , मिडिया प्रमुखमा लवदेव धामी र कानुन संयोजकमा आकाश खड्का चयन भएका छन्।
यसैगरी प्रदेश छात्रा प्रमुखमा सम्पदा जोशी, जनजाति प्रमुखमा एलिसा चौधरी लगायत २७ सदस्यीय नयाँ कार्यसमिति बनेको हो ।
सुदूरपश्चिम प्रदेश संगठन सचिवमा चन्द्रशेखर जोशी, सह-संगठन सचिवमा मणिराम चौलागाई हुनुहुन्छ। यो अधिवेशनबाट बनेको नयाँ कार्यसमिति अगामी एक बर्षको लागि चयन भएको हो ।


