धनगढी, १७ चैत / प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको चौथो प्रदेश अधिवेशन आज दोस्रो दिन भव्यताका साथ उद्घाटन भएको छ । १६ गते साँझ ४ बजे देखि सुरु भएको अधिवेशन राती ८ बजे सम्म सञ्चालन गरिएको थियो ।

१७ गते बिहान ९ बजे विधिवत् रुपमा परिषद्को समुद्घाटन गरिएको हो । उद्घाटन सत्रमा प्रमुख आतिथ्यतामा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण ढकाल , सुदूरपश्चिम प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थी , सचिव प्रेम बोहरा, परिषद् की केन्द्रीय सदस्य अमृता तिमिल्सिना, स्वागत समितिका अध्यक्ष उद्योग वाणिज्य संघ धनगढीका अध्यक्ष पुष्करराज कुवँर , स्वागत समितिकी सचिव शान्ति भट्ट मञ्चासिन हुनु भएको थियो ।
उद्घाटन सत्रमा विद्यार्थी परिषद्को कार्यदिशा , कर्तव्य र भुमिकाको बारेमा राष्ट्रिय संगठन सचिव नारायण ढकालले विस्तृत रुपमा खुलासा गर्नुभयो। चैत १६ देखि सुरु भएको अधिवेशन १८ गते सम्म रहने छ।
१७ गते (आज) दिउँसोको समयमा विद्यार्थी परिषद्को नारा सहितको र्याली र युवा सम्वोधन समेत रहेको छ ।