धनगढी, १६ चैत/ पब्लिक स्पिच कैलाली २०८० सम्पन्न भएको छ। धनगढीमा रहेको अनाया एजुकेशन एकेडेमीको आयोजनामा स्पिच कार्यक्रम भएको हो ।
पहिलो चरणमा ५० जना वक्ताको सहभागीता रहेको थियो । पहिलो चरणबाट उत्कृष्ट १६ भित्र पर्नेलाई दोस्रो चरणमा सहभागी गराइने कार्यक्रमकी आयोजक तथा अनाया एजुकेशन एकेडेमीकी सञ्चालक रुष्मा भूलले बताइन् ।
पब्लिक स्पिच कैलाली २०८० मा कैलाली बहुमुखी क्याम्पस , एक्ससि, त्रिनगर , एसपिए , सारदा , महेन्द्रनगर , एश्वर्य र धनगढी मोडेलमा अध्ययनरत विद्यार्थीको सहभागीता रहेको थियो। दोस्रो चरणमा उत्कृष्ट ४ भित्र पर्नेलाई क्रमशः ७ हजार ५ हजार ३ हजार र १५ सय पुरस्कार रहेको अनायाकी सञ्चालक रुष्माले बताइन ।