धनगढी, १५ चैत / प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सुदूरपश्चिम प्रदेशको अधिवेशन भोलिदेखि सुरु हुँदैछ। सुदूरपश्चिमको चौथौ प्रदेश अधिवेशन धनगढीमा हुन लागेको सुदूरपश्चिमका प्रदेश सह-संगठन सचिव मणिराम चौलागाईंले बताए।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले अन्य ६ वटै प्रदेशमा अधिवेशन सकेर सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्न लागेको हो । सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रतिनिधि , राष्ट्रिय कार्यकर्ता, प्राज्ञिकका पुर्व पदाधिकारी र शुभचिन्तकको उपस्थितिमा अधिवेशन हुन लागेको प्राज्ञिकका कैलाली जिल्ला विस्तारक प्रेम बोहराले बताए ।
अधिवेशनमा करिव ३ सयको संख्यामा उपस्थिति रहने र सोही अनुसार धनगढी नगरका कार्यकर्ताहरु तयारीमा जुटेका छन् । अधिवेशनको अधिक कार्य सम्पन्न गरिसकेको र बाँकी कार्यहरु गरिरहेको प्राज्ञिकका धनगढी नगर सह-सचिव दशरथ धामीले बताए।