धनगढी, १५ चैत/नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको थाइराइडको शल्यक्रिया सम्पन्न भएको छ ।
आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन् । उनको दिल्लीस्थित म्याक्स अस्पतालमा बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ ।
उनको अवस्था हाल सुधारोन्मुख रहेको र अस्पतालमै रहेको डा. आरजु राणा देउवाका स्वकिय सचिव कमल रावलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।